माधुरीले यूट्यूब खोलेर राखिन् यस्तो भिडियो (भिडियो)
आजको खबर | प्रकाशित : २०७६ कार्तिक ९ गते २:५५
मुम्बई। बलिउड चर्चित अभिनेत्री माधुरी दीक्षितले बिहीबार आफ्नो आधिकारिक यूट्यूब च्यानल लन्च गरेकी छन्।
यूट्यूब च्यानल लन्चिङ कार्यक्रममा माधुरीले इन्टरनेशनल इण्डियन फिल्म फेस्टिवलमा प्रस्तुती दिएको एउटा भिडियो अपलोड गरेकी छन्।
सो अबसरमा माधुरी दीक्षितले भनिन्–मलाइ आफ्ना शुभ चिन्तकसँग सम्पर्कमा बस्न मन पर्छ। म यूट्यूबका विषयमा पहिला देखि नै सोचिरहेकी थिएँ।’
यूट्यूबमा माधुरीका फ्यानले माधुरीको जीवन र कामसँग सम्बन्धित जानकारी प्राप्त गर्न सक्नेछन्। माधुरीले टिव्टरमा लेखेकी छन्– म यूट्यूबमा आफ्नो भिडियोलाई लिएर निकै उत्सुक छु।’
I’m so excited to share my first video on @YouTube, which is a BTS from @IIFA. Enjoy❤️https://t.co/IwD5HKfx0d
— Madhuri Dixit Nene (@MadhuriDixit) October 24, 2019
२०७६ कार्तिक ९ गते २:५५ मा प्रकाशित