आज घट्यो सुनको भाउ, चाँदीको भने स्थिर, हेर्नुहोस् कति ?
आजको खबर | प्रकाशित : २०७६ कार्तिक १८ गते ७:५१
काठमाडौं । शुक्रबार र आईतबार स्थिर रहेको सुनको भाउ सोमबार ९आज० भने ओरालो लागेको छ ।
आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय तथा रुपैयाँमा कारोबार भईरहेको छ।
आइतबार छापावाल सुन ७१ हजार २ सय तथा तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि बिहीबार ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार ७ सय रुपैयाँ बढेको थियो।
आज सुनको भाउ बढेपनि चाँदीको भाउभने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।
२०७६ कार्तिक १८ गते ७:५१ मा प्रकाशित