बसले किच्दा तुलसीपुरमा पैदलयात्रुको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ असार २६ गते ७:५०

तुलसीपुर, दाङ । ना ५ख ५७६८ नम्बरको बसले किच्दा तुलसीपुरमा आज एकजना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।

तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार अनुसार तुलसीपुर बसपार्कतर्फ गइरहेको सो बसले किच्दा शान्तिनगर गाउँपालिका वडा नं ३का ५५ वर्षीय लक्षीराम विटालुको मृत्यु भएको होे ।

उक्त बस र चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अहिले तुलसीपुर बसपार्क तनावपूर्ण अवस्थामा छ । -रासस

२०७५ असार २६ गते ७:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर