‘नाईं नभन्नू ल ५’को ट्रेलर रिलिज

आजको खबर   |    प्रकाशित : २०७५ असार २६ गते ९:२४

काठमाडौं । सफल नेपाली चलचित्र ‘नाईं नभन्नू ल’को पाँचौ सिक्वेल ‘नाई नभन्नू ल ५’ को ट्रेलर रिलिज भएको छ ।

सार्वजनिक ट्रेलरमा पारिवारिक कथा, माया प्रेम र पिडालाई देखाईएको छ । भदौ ८ गतेबाट प्रदर्शनमा आउँने चलचित्रलाई विकाश राज आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी, स्याड्रिना शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

चलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । यो चलचित्रबाट अभिषेक नेपाल र बालकलाकार स्याड्रिना शर्मा डेब्यु गर्दैछन् ।

चलचित्रमा हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको छ ।

२०७५ असार २६ गते ९:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर