मलेसियामा रहेका नेपाली कामदारलाई सकुशल घर फर्काउन ‘कन्सुलर सेवा’

आजको खबर   |    प्रकाशित : २०७५ असार २६ गते १०:१७

मलेसिया । गैरकानुनी रूपमा मलेसियामा काम गर्दै आएका आफ्ना नागरिकलाई सकुशल घर फर्काउन नेपाली दूतावास मलेसियाले ‘कन्सुलर सेवा’ दिने भएको छ ।

दूतावासले अत्याधिक नेपाली कामदार रहेको मलेसियाको जोहोर र पेनाङ्ग राज्यमा आउँदो जुलाई १४ तारिख शनिबारका दिन ‘कन्सुलर सेवा’ दिन लागेको हो ।

शनिबार बिहान १० बजेदेखि जोहोर बारुको बागुस सिटी होटेल तथा पेनाङको दिवान हल बुकित मेर्ताजाममा सेवा शुरु हुने दूतावासले सूचना जारी गरेको छ । दूतावासका द्धितिय सचिव महेश त्रिपाठी र तृतिय सचिव चुमानसिं के.सी.को नेतृत्वमा जोहोरमा तथा द्धितिय सचिव प्रेमराज गौतम र सहचारी निरोज बस्नेतको नेतृत्वमा पेनाङमा सेवा संचालन हुने उनिहरुले जानकारी दिएका छन् ।

मलेसियन सरकारले आफ्नो देशमा अवैधानिक रूपमा काम गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्कन ३० अगष्ट २०१८ सम्म अन्तिम मिति तोकेको छ । नेपाली राजदूतावासले यसलाई नै मध्यनजर गर्दै दूतावासले भौगोलिक रूपमा टाढा र सुरक्षाको हिसाबले समेत संवेदनशिल रहेका क्षेत्रमा आफ्नै उपस्थितिमा ‘कन्सुलर सेवा’ प्रदान गर्न लागेको दूतावासका कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिए ।

अवैधानिक नेपाली कामदारले नेपाली नागरिकताको एक प्रति प्रतिलिपी, राहदानीको एक प्रतिलिपी, २ प्रति पासपोर्ट साइजको फोटो र दस्तुर १६० रिंगट बुझाइ फाराम भरि स्वदेश फर्कन सक्नेछन् ।

नयाँ सरकार बनेसंगै गैरकानुनी रूपमा बसेका आप्रवासी कामदारमाथि ब्यापक धरपकड समेत सुरु गरेको छ । तोकिएको समय सिमाभित्रै स्वदेश फर्कन हाल दूतावासमा पनि चाप बढेको ट्राभल डकुमेण्ट ईन्चार्ज द्धितीय सचिव महेश त्रिपाठीले बताए ।

दुबै स्थानमा रहेका विभिन्न संघ–संस्थाहरुलाई सेवामा सहयोग गर्न दूतावासले अनुरोध गरेको छ ।

२०७५ असार २६ गते १०:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर