निशाको पहिलो गीत ‘सधैँलाई’ सार्वजनिक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असार २७ गते ५:०६

काठमाडौं । निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँलाई’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ ।

लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो गीत हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृष्ट बनेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा गायिका कंडेलको स्वर सुहाएको छ । गीतले मायामा परेको र आफ्नो प्रेमीप्रति सधै समर्पित भाव बोकेको छ।

राहुल प्रधानको निर्देशनमा चक्र महर्जनले छायांकन गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन। भिडियोमा गायिका स्वयम् र अमन प्रधानको अभिनय रहेको छ ।

भिडियोलाई केबीए ग्लोबल एजुकेशन कन्सल्टेन्सीले सपोर्ट गरेको छ ।

२०७५ असार २७ गते ५:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर