धमलापत्नि एलिजाको ‘अनुराग’ पोष्टरमा, समुन्द्रसंग कति सुहायो जोडी ?

आजको खबर   |    प्रकाशित : २०७५ असार २७ गते ६:४३

काठमाडौं । पत्रकार ऋषि धमला पत्नि एलिजा गौतमको अभिनय रहेको चलचित्र ‘अनुराग’को केही पोष्टरहरु सार्वजनिक गरिएको छ ।

असोज १२ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा एलिजाको अपोजिटमा समुन्द्र पण्डितको अभिनय छ ।

त्यस्तै ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला विश्व बस्नेत, कमल कान्त मैनाली, बिद्या भट्टराई, दावा लामा लगायतको पनि अभिनय छ ।

सार्वजनिक पोष्टरमा एलिजा र समुन्द्रको मायाप्रेमको भावलाई समेटिएको छ । ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको ‘अनुराग’लाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् ।

चलचित्रमा भरत गौतम र गीता भेटवालको संयुक्त लगानी छ । किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा रहेको चलचित्रलाई रामकुमार केसीले छायाँकन गरेका हुन ।

चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत छ ।

२०७५ असार २७ गते ६:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर