‘चि मुसी चि’ यूनिट देश दौडाहामा, फोटोमा हेर्नुस् सुनिल र अलिशाको भब्य डान्स

आजको खबर   |    प्रकाशित : २०७५ असार २८ गते ८:४३

धरान । प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्र ‘चि मुसी चि’ यूनिटले प्रचारप्रसारलाई तिव्र पारेको छ ।

प्रचारप्रसारका क्रममा देश दौडाहामा निस्केको चलचित्र यूनिटले पूर्वी नेपालको विर्तामोड र धरानमा भव्य कन्सर्ट गरेको छ । सो कन्सर्टमा सयौंको संख्यामा दर्शकको उपस्थिती रहेको थियो ।

कन्सर्टमा चलचित्रका मुख्य कलाकार सुनिल क्षेत्री, सुशान्त कार्की र अलिशा शर्माद्धारा दमदार नृत्य प्रस्तुत गरिएको थियो । ‘चि मुसी चि’का चारवटा डान्सिङ्ग गीतमा उनिहरुले भब्य नृत्य प्रस्तुत गरेका थिए ।

साथै नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि उपस्थितलाई गीतमार्फत मनोरञ्जन दिईन् । गायिका पाण्डेले चलचित्रको शिर्ष गीत गाउँदा दर्शकले मनोरञ्जन लिएका थिए । प्रमोशनल कन्सर्ट हेर्न आएका दर्शकले चलचित्र प्रचारको स्टेजमा यति राम्रो प्रस्तुति पहिलोपटक हेर्न पाएको प्रतिक्रिया दिए ।

चलचित्र टीमले देशैभर प्रमोशनल कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरानसँगै हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरहरुमा चलचित्रले लगातार कन्सर्ट आयोजना गर्ने बताईएको छ ।

यो चलचित्र श्रावण ११ गते देशैभर रिलिज हुँदैछ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याल लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन ।

२०७५ असार २८ गते ८:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर