छत्तीस लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ
आजको खबर | प्रकाशित : २०७५ साउन १३ गते १:४१

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित आज पक्राउ गरेको छ ।
आयोगले इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट सुराकिको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस भुसालले जानकारी दिए।
नगद रु १२ लाख पचास हजार र रु २४ लाखको बैंक भौचरसहित प्रमुख ठाकुरलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ। ठाकुरले घुसको नगदसँगै रु २४ लाखको भौचर श्रीमतीलाई राख्न दिएको र उहाँ ट्याक्सिमा जाँदै गर्दा हेटौँडामा पक्राउ गरिएको अधिकृत भुसालले जानकारी दिए।
भैरहवामा रहेको कार्यालयले रुपन्देही, कपिलबस्तु र अर्घाखाँचीमा भौतीक निमार्णको काम गर्ने गर्दछ। अख्तियार बुटवलको समन्वयमा ठाकुरकी श्रीमतीलाई हैटौंडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो। घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा उनी बाटोमै पक्राउ परेका हुन्।