तिब्बतमा ट्रेकिङ गएका नेपाली युवकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते २३:४६

सोलु, सल्लेरी । सोलु दूधकुण्ड नगरपालिका¬७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ ।

विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिए।

केही दिनअगाडि आफ्नै बुबा र काकाको साथमा ट्रेकिङ गएका भुजेलको आइतबार राति मृत्यु भएको मृतकका बुबा मानबहादुर भुजेलले जानकारी दिए। उनी सहितको टोली शिवम् ट्राभल लाजिम्पाटबाट केही दिनअगाडि तिब्बत गएको बुझिएको छ ।

रसुवागढी नाकामा पहिरोले सडक अवरुद्ध गरेपछि मृतकको शव ल्याउन समस्या भएको बताइएको छ । अवरुद्ध सडक खुलेसँगै उनको शव नेपाल ल्याएपछि हेलिकप्टरमार्फत जन्मस्थान ल्याउने पहल भइरहेको स्थानीय बासिन्दा श्रेष्ठले बताए।

यस विषयमा प्रहरीलाई कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले बताए। रासस

२०७५ साउन १५ गते २३:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर