दुई करोडको लागतमा समुद्रटारमा सुविधासम्पन्न स्वास्थ्यचौकी

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते १०:३५

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारस्थित समुद्रटार स्वास्थ्यचौकीले सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।

सुविधासम्पन्न भवनको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले उद्घाटन गरेका हुन। सरकारको रु दुई करोडको लागतमा नयाँ भवन बनेको छ ।

स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भई सेवा पनि शुरु भएकाले अब पहिलेभन्दा अझै स्तरीय स्वास्थ्य सेवा नागरिकले पाउने बताउँदै तामाङले स्वास्थ्यचौकीलाई थप व्यवस्थित बनाउन र आवश्यक थप संरचना निर्माणका लागि रु ३० लाख गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च गर्न लागेको जानकारी दिए ।

स्वास्थ्यचौकीको भवन निर्माणका लागि स्थानीयवासी होमबहादुर डंगोल र मेनुका डंगोलले तीन रोपनी, मधुसूदन आचार्य र राधादेवी आचार्यले दुई रोपनी जग्गा दान गरेका थिए ।रासस

२०७५ साउन १५ गते १०:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर