जापानामा ५.४ म्याग्निच्युडको भूकम्प

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते ११:०५

टोकियो । जापानको फुकुशिमा प्रान्तमा ५.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५ः४२ बजे सो भूकम्प गएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु तटिय क्षेत्रको जल सतहमा रहेको जनाइएको छ ।

पूर्वी जापानको मियागी र फुकुशिमा प्रान्तहरु यस भूकम्पबाट बढी प्रभावित भएको बताइएको छ ।

हालसम्म यस भूकम्पबाट मानवीय र सम्पत्तीको क्षतिको कुनै विवरण प्राप्त नभएको बताएको । साथै भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन् ।

जापान विश्वको अरु राष्ट्रको तुलनामा बारम्बार भूकम्पले सताउने देश हो ।एजेन्सी

२०७५ साउन १५ गते ११:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर