शैक्षिक परामर्श सञ्चालन नगर्न मन्त्रालयको निर्देशन
आजको खबर | प्रकाशित : २०७५ साउन १५ गते ११:४१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘आइडिपी एजुकेशन स्टुडेन्ट सर्भिस’लाई शैक्षिक परामर्श सेवा सञ्चालन नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले परामर्श सेवा सञ्चालनका लागि उक्त संस्थाले अनुमति नलिएकाले काम रोक्न निर्देशन दिइएको जानकारी दिए । संस्थाले केही दिनअघि पत्रकार सम्मेलन गरी शुक्रबारदेखि परामर्श सेवा सञ्चालन गर्ने जानकारी दिएको थियो ।
उनले परामर्श सेवा सञ्चालन अनुमतिविना नै सेवा सञ्चालन गर्न खोजेको उक्त संस्थाबाट सेवा नलिन सम्पूर्ण अभिभावक तथा विद्यार्थीलाई अनुरोध गरेका छन् । उनले बिनाअनुमति शैक्षिक परामर्श सेवा सञ्चालन गरेमा कानूनबमोजिम कारबाहीसमेत हुने बताए ।
२०७५ साउन १५ गते ११:४१ मा प्रकाशित