पाँच वर्षभित्र ठूला जहाज १७ पुर्याउने निगमको तयारी
आजको खबर | प्रकाशित : २०७५ साउन १६ गते ०:५२

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा १७ वटा जहाज पुर्याउने योजनासहित पाँचवर्षे कार्ययोजना तयार पारेको छ ।
निगम कार्यकारी समितिले मंगलबार नेपाल एयरलाइन्समा ५ वर्षभित्र १० न्यारोबडी ए ३२०–२०० र ७ वाइडबडी ए ३३०–२०० जहाज पुर्याउने निर्णय गरेको आजको नयाँ पत्रिकामा खबर छ ।
यो योजना निगम सञ्चालक समितिबाट स्वीकृत गराएपछि कार्यान्वयनमा जाने निगममा महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । अहिले निगमसँग एक बोइङ ७५७, दुई न्यारोबडी ए ३२०–२०० र दुई वाइडबडी ए ३३०–२०० विमान छन् । करिब तीन दशक पुरानो बोइङ भने निगमले बेच्ने प्रक्रिया थालेको छ ।
अबको पाँच वर्षभित्र थप आठ न्यारोबडी र पाँच वाइडबडी जहाज किन्ने निगमको योजना छ । ‘दुई वाइडबडी जहाज भित्रनु निगमको रणनीति परिवर्तनको पहिलो पाइला हो,’ महाप्रबन्धक कंसाकारले भने, ‘अब आक्रामक रुपमा अगाडी बढ्नुको विकल्प छैन ।’
Your mode of telling everything in this article is actually nice,
all be capable of without difficulty know it, Thanks a lot https://amassante.com/
Your method of telling the whole thing in this piece of writing is actually fastidious, all be capable
of effortlessly know it, Thanks a lot https://www.boutiquelalavandiere.com/