कोरियामा ‘छुसक सांगीतिक धमाका २०१८’ हुने
आजको खबर | प्रकाशित : २०७५ साउन १७ गते २:४३

शेर साङबो शेर्पा
कोरिया । कोरियामा ‘छुसक सांगीतिक धमाका २०१८’ आयोजना हुने भएको छ।
नेपाल मगर संघ गणतन्त्र कोरियाद्वारा ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, सामाजिक कार्यमा निरन्तरता हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आगामी सेप्टेम्बर २४ तारिक कोरियाको राष्ट्रिय पर्व छुसकको अवसरमा ‘छुसक सांगीतिक धमका २०१८’ कार्यक्रम आयोजना गर्ने भएको हो।
कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य मगर संघ दक्षिण कोरियाद्वारा वर्तमान सञ्चालन गरिरहेका सेल्टरको निरन्तरता व्यवस्थापन र स्तरोन्तिको निम्ति खर्च गर्ने उद्देश्यले उक्त सांगीतिक कार्यक्रम आयोजना गर्न लागिरहेको संघको अध्यक्ष खड्ग थापा मगर जानकारी दिए।
मगर संघ गणतन्त्र कोरियाद्वारा आयोजना गर्न लागिरहेको कार्यक्रममा नेपालबाट चर्चित डान्सर तेरिया मगर, हाँस्य कलाकार सन्दिप क्षेत्री, गायक सागर आले, ठमेल बजार, काले दाई, रुपै मोहनी जस्ता चर्चित पप तथा आधुनिक गायिका मिना निरौला, आधुनिक तथा सुफि गायक हेमन्त राना र लोक गायिका शान्ति श्री परियार जस्ता कलाकारहरु कोरिया ल्याउने भएको अध्यक्षले जानकारी दिए।
मगर संघ गणतन्त्र कोरियाद्वारा स्थापना कालदेखि नै सक्रिय रुपमा बिभिन्न सामाजिक तथा परोपकारी कार्यहरु गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल सामाजिक संस्था हुन् भने बिगतमा पनि नेपथ्य र चर्चित डान्सर तेरिया मगर, जस्ता ख्याति प्राप्त कलाकारहरु कोरिया ल्याई कार्यक्रम आयोजना गरेका थिए।
कार्यक्रम राजधानी सौल स्थित खाङवन्डो थेहाक्योको सुबिधा सम्पन्न हलमा आयोजना हुने सचिवालय संयोजक अप्त पुनले बताए।