जिम्बाब्वेमा विपक्षी दलका समर्थक र सेनाबीच भिडन्त, ३ जनाको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ साउन १७ गते १२:३६

एजेन्सी । जिम्बाब्वेमा विपक्षी दल समर्थक प्रर्दशनकारी र सेनाबिच मुठभेड हुदा ३ जनाको मृत्यु भएको छ । राजधानी हरारेमा भएको विरोध प्रर्दशनका क्रममा सेनाले गोली चलाउदा ३ जनाको मृत्यु भएको हो ।
विपक्षी गठबन्धन एमडीसीे गएको सोमबार भएको राष्ट्रपतिय निर्वाचनमा सत्ताधारी जानु पी एफले धाँधली गरेको आरोप लगाउदै प्रर्दशनमा उत्रिएको हो । राष्ट्रपतिय निर्वाचनको नजिता अहिले सम्म सार्वजनिक भएको छैन । सत्ताधारी जानु पी एफले नै अग्रता कायम राखेको अन्तष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । संसदीय निर्वाचनको मतगणना जारी रहदा जानू पी एफले १४० सिट जितिसकेको छ। विपक्षी एमडीसी गठबन्धनले ५८ सिटमात्र जितेको छ ।
यसैबिच संयुतm राष्ट्रसघंले हरोरमा जारी हिसां थप बिग्रीएको प्रति चिन्ता व्यक्त गरेका छ । राष्ट्रसघंले शान्तीपूर्ण वातावरण निर्माणका लागि अपील समेत गरेको छ । संसदीय निर्वाचनमा सत्तारूढ जानु पीएफ दलले दुईतिहाइ बहुमत प्राप्त गरेको त्यहाको निर्वाचन आयोगले जनाएको छ।
लामो समयदेखिका शासक रोबर्ट मुगाबे सत्ताच्युत भएपछि भएको पहिलो निर्वाचनमा राष्ट्रपति इमर्सन मनाङ्गाग्वाको पार्टीले संसद्मा उल्लेखनीय बहुमत हासिल गरेको हो। सोमवार भएको निर्वाचनमा ७० प्रतिशत मतदाता सहभागी थिए।विपक्षी दल एमडीसीले निर्वाचनमा धाँधली भएको आरोप लगाएको लगाउदै आफ्नै प्रर्द्शन देशभर जारी राखेको बीबीसीले उल्लेख गरको छ ।