सुत्केरी विदा सकेर काममा फर्किईन् न्युजल्याण्डकी प्रधानमन्त्री

आजको खबर   |    प्रकाशित : २०७५ साउन १७ गते १६:२८

विलिङटन । न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पुरा गरेर काममा फर्किनु भएको छ। झण्डै छ हप्ताको विदा सकेर उनी आज बिहीबार काममा फिर्किएको अधिकारीहरुले जानकारी दिएका छन्।

उनले सो अवधिलाई “मेरो जीवनमा सबैभन्दा छिटो बितेको छ हप्ता” भन्नु भएको छ। प्रधानमन्त्री भएकै बेला सुत्केरी हुने उनी विश्वको दोस्रो व्यक्ति हुन्। यसअघि सन् १९९० मा पाकिस्तानकी तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोले पनि प्रधानमन्त्री भएकै बेला सन्तान जन्माएकी थिईन्।

अहिले ३८ बर्षकी प्रधानमन्त्री अर्डेरन न्युजल्याण्डको इतिहासमा थोरै उमेरमै प्रधानमन्त्री हुने व्यक्तिमध्येमा पर्छिन्। “म विदामा भएका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी लिएका मेरा सहकर्मीले न्युजल्याण्डका लागि राम्रो भूमिका निर्वाह गरेकी छन् भने मैले विश्वास लिएकी छु,” उनले भने।

प्रधानमन्त्री अर्डेरनले विदाको समय आफ्नो सन्तान र परिवारजनसँग आनन्द र खुशीका साथ बिताएको बताए। “त्यो एउटा विषेश अवसर हो, त्यसलाई राम्रो रुपमा मैले अनुभूत गरेको छ, अव म पुर्ववत अवस्थामै काम गर्न सक्नेछु,” उनले भने।

आफु प्रधानमन्त्रीको काममा व्यस्त भएका बेला आफ्ना श्रीमान्ले आफ्नो सन्तानको हेरविचार गर्ने बताउँदै उनले थपे, “म धेरै भाग्यमानी छु, यस्तो अवसर संसारका थोरै महिलाले मात्रै पाएका छन्।”

२०७५ साउन १७ गते १६:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर