राति सुत्नुअघि अपनाउनुहोस् यी ६ उपाय ! सुन्दर र आकर्षक बन्नुहोस्

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते १०:२४

एजेन्सी । सुन्दर देखिनु सबै व्यक्तिको पहिलो चाहना हुन्छ । अरुभन्दा राम्रि र आर्कशक देखिउ भन्ने सम्पुण महिलामा हुन्छ । मानिसले आफूलाई सुन्दर बनाउनका लागि कयौँ उपाय अपनाएका हुन्छन् ।

तर तपाईलाई थाहा छ ? तपाईको सुन्दर देखिने चाहना सामान्य तरिकाले पनि पुरा हुने गर्दछ । हामी आज तपाईलाई सुन्दर देखिन राति सुत्नुअघि गर्नु पर्ने केही कामका बारेमा जानकारी गराउदैछौँ ।

१. राति सुत्नुअघि नुहाउनुहोस् । यसो गर्दा शरीरमा भएको दिभरको फोहोर हटेर जान्छ र तपाईको छाला सफा हुन्छ। नुहाउनुअघि पानीमा आधा घण्टा पहिले गुलाबका केही पत्ता राख्नुहोस् । यो पानीले नुहाउँदा तपाई आफैले आफैलाई सुन्दर भएको महशुस गर्नु हुनेछ ।

२. सुत्नुअघि बेसार राखेको दुध पिउनुहोस् । यसले तपाईको शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्छ र रगत सफा हुन सहयोग पुर्याउछ। बेसार राखेको दुध पिउदा तपाईको त्वचामा पनि चमक आउनेछ ।

३. पुरै दिन हाम्रो दिमाग सँगसँगै आँखाले पनि निकै काम गरिरहेको हुछ । त्यसैले आँखाको ख्याल राख्न जरुरी छ । सुत्नुअघि आँखाको चारैतर्फ क्रिमले मसाज र्गुहोस् ।

४. राति सुत्नुअघि ब्रस गर्नु पनि आवश्यक छ । राति खाना खाइसकेपछि हामी ब्रस नगरेर सुत्दा तपाईको दाँतमा किटानुले आक्रमण गर्न सुरु गर्दछ। त्यसैले तपाईको सुन्दर दाँत बिग्रिन सक्दछ । त्यसैले सुत्नुअघि ब्रस गर्नु राम्रो हुने गर्दछ ।

५. सुत्नुअघि कपाल कोरेर बाध्नुहोस् । यसो हुँदा तपाईको कपाल जेलिदैन र कम झर्दछ।

६. राति सुत्नुअघि पुरै शरीरमा मोश्चराइजर क्रिम लगाउनुहोस् । यसले तपाईको त्वचालाई कोमल र आकर्षक बनाउन सहयोग गर्दछ ।

२०७५ साउन १८ गते १०:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर