श्रीमतीले श्रीमानको लिङ्ग टोकेरै छिनालिदिइन्, पक्राउ परेपछि खोलिन् महिलाले अनौठो रहस्य

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते १४:११

एजेन्सी । घटना भने छिमेकी मुलुक भारतको हो । दक्षिण भारतको भिल्लोर जिल्लामा सोमबार राती एक अनौठो घटना घटेको छ । दक्षिण भारतमा एक महिलाले आफ्नै श्रीमानको लिङ्ग टोकेर चुडाइदिएकी छिन् । श्रीमानको लिङ्ग खाएपछि उनी भागिन् । उनलाई प्रहरीले मोबाइल ट्रयाकको सहायताबाट पक्राउ गरे । उनले आफुले गरेको अपराध पनि स्वीकारेकी छिन् । घाईते श्रीमानको अहिले चेन्नाईस्थित राजिभ गान्धि अस्पतालमा उपचार भइरहेको छ ।

भारतको ” द टाइम्स अफ इण्डिया” पत्रिकामा उल्लेख समचार भएअनुसार श्रीमती जयन्ती विहान करिब साढे १ बजे फ्रेस हुन भन्दै श्रीमानलाई सोधेरे बाहिर निस्किइन् । तर बाहिर निस्किएको घण्टौ बितिस्किदा श्रीमती नआएपछि श्रीमान सेन्तामराइ उनलाई खोज्न गए । खोज्ने क्रममा सेन्तामराइ श्रीमती जयन्ती र उनका प्रेमी धटचनमोर्थी भन्ने व्यक्तिसँग आपत्तिजनक अवस्थामा भेटे ।

आपत्तिजनक अवस्थामा रहेका जयन्ती र धटचनमोर्थीलाई श्रीमान सेन्तामराइले समातेर अनैतिक सम्बन्धलाई सबैको अगाडि सार्वजनिक गरिदिन्छु भन्दै चेतावनी दिए । श्रीमानले रङ्गेहात समातेपछि गाउँलेको कुटाई खाने डरले जयन्ती र उनका प्रेमी त्यहाँबाट भाग्न चाहन्थे । त्यही क्रममा तीन जनाबीच घम्साघम्सी पर्यो । सोही क्रममा सेन्तामराइको धोती फुस्कियो । त्यतिकैमा जयन्तीले उनको श्रीमान सेन्तामराइको लिङ्गमा टुक्रा हुने गरी टोकिदिइन् ।

२०७५ साउन १९ गते १४:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर