काठमाडौँको फोहर व्यवस्थापन गर्न नयाँ स्थान खोज्दै महानगरपालिका

आजको खबर   |    प्रकाशित : २०७५ असोज २४ गते ०:३७

काठमाडौँ । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे समस्या रहँदै आए पनि अब समाधान हुने भएको छ।

आगामी शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको टुङ्गो लागिसक्ने कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।

उनका अनुसार हालका लागि विकल्पका रुपमा अत्पकालीन र त्यसपछि दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान तय गर्नका लागि कामपा निरन्तर लागिरहेको छ। यसै साताभित्र आत्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको तय भइसक्छ।

हाल काठमाडौँ उपत्यकाको फोहर नुवाकोटस्थित ककनी गाउँपालिकाको सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। १३ वर्ष अघि दुई वर्षका लागि भन्दै प्रयोग गर्दै आए पनि यतिका वर्ष भइसक्यो। अब उक्त स्थानमा फोहर राख्न मिल्ने अवस्था पनि छैन। त्यसैले व्यवस्थापनका लागि विकल्प खोज्न लागिएको हो।

हरेक दिन उपत्यकाबाट १२ सय मेट्रिक टन फोहर सङ्कलन हुन्छ। त्यस्तै दैनिक निजी र महानगरको गरी २०० गाडी फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।

अघिल्लो साता शुक्रबार नै फोहर व्यवस्थापन गर्न भन्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा उपत्यकास्तरीय नगरपालिका फोरम स्थापना गरिएको थियो। उक्त फोरमकै अगुवाईमा छिटो वातावरण विभागसहित भएर फोहर फ्याक्ने स्थानको तय गर्नका लागि लागीपरेका हुन्।

फोरममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन उपाध्यक्ष, मध्यपुरथिमि नगरका प्रमुख मदनसुन्दर जगुलु श्रेष्ठ सचिव छन् भने सदस्यमा काठमाडौँका चन्द्रागिरी, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा नगरपालिका, ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख र उपप्रमुख छन्।

२०७५ असोज २४ गते ०:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर