बलिउडका यी ८ हिरोइनबीच भयानक दुश्मनी, एक अर्काको अनुहार समेत हेर्दैनन्

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते १४:१३

मुम्बइ। बलिउडमा हरेक किसिमको मसला देख्न पाइन्छ। अफेयर, ब्रेकअप, प्रेम र झगडा नै किन नहोस् बलिउडमा यस्ता मसला धेरै छन्। बलिउडमा झगडाको कुनै कमी छेन । हालै सलमान खान र प्रियंका चोपडाको सम्बनधले चर्चा पाइरहेका बेला आउनुहोस् जानौं बलिउडमा ८ हिरोइनको बारेमा जो एक अर्काको अनुहार हेर्न पनि चाहँदैनन्।

१. राखी सावन्त र सनी लियोनीः जब सनीले बलिउडमा कदम राखिन् त्यतिबेलादेखि नै राखीलाई लाग्छ कि उनको अहमियत कम भयो । यही कारण उनी सनीसँग रिसाउन थालिन्। उनले पटक पटक सनीको बारेमा धेरै विवादित कुराहरु बोलिसकेकी छिन्।

२. दीपिका पादुकोण र कटरिना कैफः दीपिका र कटरिनाबीचको लडाइको कारण अभिनेता रणवीर कपुर हुन्। दीपिकासँग ब्रेकअप भएपनि कटरिना रणवीरसँग नजिकिइन्। यही कुरा दीपिकालाई मन परेन। यही कारण यी दुईले सँगै फिल्म पनि गर्दैनन्।

३. जया बच्चन र रेखाः यो बलिउडको सबैभन्दा पुरानो लडाइ हो। यी दुईको झगडाको कारण अमिताभ बच्चन हुन् । यही कारण उनहिरु अवार्ड कार्यक्रममा पनि एक अर्काको नजिक पर्न खोज्दैनन्।

४. करिना कपुर खान र प्रियंका चोपडाः फिल्म ऐतराजमा करिनाले लिड हिरोइन र प्रियंकाले भिलेनको रोल गरेका थिए। तर फिल्ममा प्रियंकाको कामले निकै प्रशंशा पायो । त्यसपछि करिना प्रियंकासँग जल्न थालिन् । यही भुसको आगो भयानक दुश्मनीमा बदलियो।

२०७५ साउन १९ गते १४:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर