पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते ३:२५

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिन्ह प्रदान गरेको हो । जसमा आठ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिण्डर दुई, एलपीजी सिलिण्डर तीन, एलपीजी भल्व तीन, आइरन बार तीन र एलपीजी रेगुलेटर एक उद्योग रहेका छन् ।

विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिन्ह प्रदान गरे पनि नेपालले भने विदेशी वस्तुलाई गत वर्षदेखि नेपाल गुणस्तर चिन्ह प्रदान गर्न शुरु गरेको हो ।

विभागले स्टार सिमेन्ट, जेपी रेवा प्लान्ट, क्यालकम सिमेन्ट, सलुजा स्टिल, टाटा स्टिल, विके स्टिल, सूर्यशक्ति भेसल्स, ग्याँस ड्रोइड इन्जिनियरिङ, सर्वमंगल पेट्रोलियम, सुप्रिम इ प्रालि, टाइम टेक्नोप्लाष्ट, प्रभा इलेक्ट्रोनिक्स, बात्रा एशोसियट्स र दिल्ली एलपिजीलगायतका भारतीय उद्योगलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । यस्तै, विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिन्ह प्रदान गरेको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनी विदेशी मुलुकबाट नेपाल गुणस्तर चिन्ह लिने उद्योगमा क्रमशः वृद्धि हुँदै गएको बताउँछन्। ‘प्रक्रिया पु¥याएर एनएस चिन्ह लिने विदेशी कम्पनीलाई हामीले एनएस चिन्ह प्रदान गर्दै आएका छौँ,’ उनि भन्छन् ।रासस

२०७५ साउन २० गते ३:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर