३९ पत्निसँग बस्छन् यी व्यक्ति, जसको संसारकै ठूलो परिवार छ

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते १२:४९

एजेन्सी। अहिलेको एक्काइसौं शताब्दीमा मानिसहरु प्राय एकल परिवारमा बस्न बढी रुचाउँछन्। सानो अनि थोरै परिवारका सदस्य हुने भएकाले र बढ्दो महङ्गीसँग झेल्न पनि मानिसहरुको रुची एकल परिवारतर्फ बढ्दो देखिन्छ। तर उत्तर पूर्वी भारतको मिजोरम राज्यमा भने एउटा यस्तो परिवार बसोबास गर्छन्।

जुन परिवारमा करिब दुई सय सदस्यहरु छन् तरपनि उनीहरु खुशीसाथ जीवन बिताइरहेका छन्। मिजोरम राज्यमा बसोबास गर्ने उक्त परिवार संसारकै सबैभन्दा ठूलो परिवार हो। जसको १८१ परिवारका सदस्यहरु सय वटा कोठा भएको घरमा रहदैं आएका छन्। महङ्गीको जमानामा चार–पाँच सदस्यलाई पालनपोषण गर्न निकै चुनौती पार गर्नुपर्ने हुन्छ।

तर त्यही जिओना चाना आफ्नो ३९ पत्नि र अन्य घरका सदस्यका साथ खुशीसँग रहेका छन्। जिओना चानाको ९४ बालबच्चा छन्। उनीहरु सबै ३९ पत्निका सन्तान हुन्। साथै उनका १४ जना बुहारी र ३३ नातीनातिनी र एक जना पनाती पनि छन्। आफ्ना छोराहरुसँग कारपेन्टरको काम गर्ने जियोनाका परिवार मिजोरम राज्यको बटवाङ गाउँमा एक ठूलो घरमा रहदैं आएका छन्। जियोना विश्वकै यस ठूलो परिवारका मुखिया हुन्।

मुखिया हुनुमा उनी गौरवान्वित महसुश गर्छन्। जहाँ जियोना आफ्नो त्यति ठूलो परिवारलाई पनि निकै अनुशासनका साथ चलाउछन्। उनको परिवारमा खाना बनाउन र घरका अन्य कामकाज गर्न पनि सबै मिलेर गर्छन्।

जहाँ परिवारका महिला सदस्यहरु भने खेतीको काम गरेर घर चलाउन मद्दत गर्छन्। जियोनाकी जेठी पत्नी घरको सदस्यहरुका लागि कामको बाँडफाँड गर्ने काम गर्छिन्।

अचम्मको कुरा के छ भने एक सामान्य परिवारले दुई महिनामा सकाउने रासन उनीहरुको त्यति ठूलो परिवारले एकै दिनमा सकाउँछन्। जहाँ एक दिनमा ४५ किलो चामल, ३० देखि ४० वटा कुखुरा, २५ किलो दाल, दर्जनौं अण्डा, ६० किलो सागसब्जी आवश्यक पर्दछ। यति मात्रै नभएर यस परिवारले एक दिनमा २० किलो फलफूल पनि खाने गर्दछन्।

२०७५ साउन २० गते १२:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर