सलमान खानलाई अदालतको अर्को ठूलो झड्का

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते १४:४७

एजेन्सी बलिउड अभिनेता सलमान खानको समस्या समाधान हुने भन्दा पनि झन बल्झिन थालेको छ। अदालतले एक पटक फेरि सलमान खानलाई ठूलो झड्का दिएको छ। जोधपुर डिस्ट्रिक एण्ड सेशन कोर्टले सलमान खानको त्यो अपील खारेज गरिदिएको छ जसमा सलमानले विदेश जाने स्थायी अनुमति मागेका थिए। अदालतको उक्त आदेशपछि सलमानले अब जहिले पनि विदेश जानु पहिला अदालतको आदेश लिनुपर्ने भएको छ।

शुक्रबार कालो हरिण शिकार केसमा बहसका क्रममा सलमानका वकिल अदालतमा एक अपील पेश गरेका थिए। जसमा सीजेएम ग्रामीणद्वारा सलमान खानमाथि बिना अनुमति विदेश यात्रा गर्न लगाएको रोक हटाएर विदेश यात्राको स्थायी अनुमति दिन माग गरिएको थियो।

शुक्रबार यो विषयको सुनुवाई पूरा हुन पाएन। शनिबार भएको सुनुवाईपछि अदालतले उक्त अपील खारेज गरिदिएको छ। अदालतको उक्त आदेशपछि सलमानले अब विदेश जानु पूर्व अदालतबाट अनुमति लिनुपर्ने भएको छ।

उता कलो हरिण शिकार केसमा सलमानका वकिलले अर्को अपील पनि दायर गरेका छन्। यसमा १०देखि २६ अगस्टसम्म सलमानले आबुधाबी र माल्टा जाने अनुमति मागेका छन्। यो अपीलमाथिको सुनुवाई हुन बाँकी छ।

१९ वर्ष पहिला सेक्टेम्बर १९९८ मा सलमान खान जोधपुरमा सुरज बडजात्याको फिल्म ‘हम साथ साथ है’ को शुटिङ गरिरहेका थिए। त्यही क्रममा उनी फिल्मका अन्य कलाकार सैफ अली खान, सोनाली बेन्द्रे, तब्बू र नीलमसँग शिकार गर्न गएका थिए।

सलमानमाथि संरक्षित कालो हरिणको शिकार गरेको आरोप लाग्यो। अन्य कलाकारमाथि सलमानलाई हरिणको शिकार गर्न उक्साएको आरोप लाग्यो। सलमानलाई कालो हरिण शिकार गरेको अभियोगमा अदालतले दोषी ठहर गर्यो। सलमान बाहेक बाँकी सबै कलाकारलाई अदालतले सफाइ दियो।

२०७५ साउन २० गते १४:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर