शुटिङका क्रममा अजीगंरले प्रतिश्पर्धीलाई आफ्नो शिकार बनाएपछि…
आजको खबर | प्रकाशित : २०७५ साउन २० गते १६:०८

एजेन्सी। खतरों के खेलाडी सीजन –९ को शुटिङ अर्जेन्टिनामा भइरहेको छ। शुटिङको सेटमा यस्तो घटना घट्यो जुन कसैले पनि कल्पनासम्म पनि गरेका थिएनन्। शुटिङका क्रममा सेटमा प्रतिश्पर्धीलाई अंजीगरले टोकेको छ।
टिभी प्रोड्युसर र बिग बोस ११ का प्रतिश्पर्धी विकास गुप्तालाई शुटिङका क्रममा अजीगंरले टोकेको हो। अजीगंरले टोकेपछि विकासलाई तत्काल इन्सेक्शन लगाइएको थियो। उनलाई अहिले डाक्टरले आराम गर्न भनेका छन्।
भारतीय संचारमाध्यमका अनुसार उक्त अजीगंर कमेडियन भारती सिंहलाई टोक्न जाँदै थियो। भारतीलाई टोक्न अजीगंर जाँदै गरेको देखेपछि विकासले भारतीलाई बचाउन खोज्दा अजीगंरले विकासलाई नै टोकेको हो।
यद्यपी शुटिङका क्रममा विकास घाइते भएको यो पहिलो पटक भने होइन। यसअघि पनि शुटिङका क्रममा उनी धेरैपटक घाइते भइसकेका छन्। एक स्टन्टका क्रममा उनी नराम्रोगरी घाइते भएका थिए।
२०७५ साउन २० गते १६:०८ मा प्रकाशित
Thanks for finally writing about > शुटिङका क्रममा
अजीगंरले प्रतिश्पर्धीलाई आफ्नो शिकार बनाएपछि… – Khabar Aajako < Loved it!