रक्सी पिएर निस्केका दुई जोडीले रातभर मच्चाए हंगामा, नशाले छोडेपछि माग्न थाले माफी

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १५:४९

एजेन्सी। बारबाट रक्सी पिएर निस्केका दुई युवती र दुई युवकले रातभर हंगामा मच्चाएका छन् । बाटोमा उनीहरुको कार प्रहरीले रोक्न खोजेपछि उनीहरुले प्रहरीमाथि नै कार चढाउने प्रयास गरे।

प्रहरीको बारलाई कारले उडाउँदै अगाडि बढे । पिछा गरेर प्रहरीले समातेपछि युवतीहरुले हंगामा गर्न थाले । तीन घण्टापछि नशाले छोड्यो त्यसपछि भने हात जोडेर माफी माग्न थाले ।

घटना शुक्रबार राती साढे १ बजेको हो । भारतको इन्दौर शहरको पलासियास्थित गिटार चौराहामा प्रहरीले गाडी चेकिङ गरिरेको थियो । अचानक एलआइजी चौराहातर्फबाट एउटा कार निकै तीब्र गतिमा लहराउँदै आयो । प्रहरीको चेकिङ देख्दा पनि चालकले गाडी रोकेनन् । चालकले कार त्यहाँ उभिएका सिपाहीमाथि चढाउने कोसिस गरे । सिपाही अगाडिबाट हटेपछि कार स्टपरलाई ठक्कर दिएर उडाउँदै अगाडि बढ्यो । प्रहरीले पिछा गरेर कार समात्यो।

कारमा दुई युवक दिव्यांग देसाइ र संजय सहार तथा दुई युवती शेभना र एलिना सवार थिए । सबै नशामा थिए । उनीहरुले प्रहरीसँग विवाद गर्न थाले । पुलिसले उनीहरुलाई थाना हिँड्न भन्दा युवतीहरुले पुलिसकर्मीलाई नै धम्क्याउन थाले ।

उनीहरुले भन्न थाले कि हामी बालिग हौं । रातमा बार खुल्ला रहन सक्छ भने रक्सी पनि पिउन पाइन्छ । तत्काल महिला प्रहरी बोलाएर उनीहरुलाई पक्राउ गरियो । उनीहरुसँग परिवारको नम्बर लिएर परिवारलाई सूचना दिइयो । एक युवतीका पिता रातमै थाना पुगे । कारवाहीको क्रममा उनीहरुको नशा उत्रियो । त्यसपछि भने उनीहरु पुलिससँग हात जोडेर माफी माग्न थाले । उनीहरुलाई जरिवाना गराइ परिवारको जिम्मा लगाइएको छ।

२०७५ साउन २१ गते १५:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर