कांग्रेससहित ७ राजनैतिक दलद्धारा संघर्षका कार्यक्रम सार्वजनिक

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १६:०५

रत्ननगर, चितवन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नगर समितिसहित ७ राजनैतिक दलले आज संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्।

रत्ननगर नगरपालिकाभित्र भएका कमी कमजोरी र सुधारको माग गदै ७ दिन भित्र सम्वोधन गर्न नगरपालिकालाई बुझाएको ज्ञापन पत्रप्रति नगरपालिकाले वेवास्था र उपेक्षा गरेको भन्दै ७ राजनैतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्।

रत्ननगर नगरपालिकाले गरेको अलोकतान्त्रिक, अव्यवहारिक क्रियाकलाप संशोधन गर्न भन्दै साउन १४ गते नगरपालिकाकी उपप्रमुख बिमला दुवाडीलाई ११ बुदे माग सहित ज्ञापन पत्र बुझाएका थिए।

संघर्षका कार्यक्रम सार्वजनिक गदै नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरेले नगरपालिका तानाशाही बन्दै गएको आरोप लगाएका छन्।

सभापति घिमिरेले दम्भ र विजयको उन्मादले जनविरोधी कार्यक्रमतर्फ केन्द्रीत भएको भन्दै संघर्षका कार्यक्रम ल्याउन बाध्य भएको बताए।

संर्घषका कार्यक्रम अन्र्तगत भोली साउन २३ गते नगरभित्रका वडाहरुमा गई नगरपालिकाले गरेको गलत कार्यक्रमको जानकारी गराउदै जनमत संकलन गर्ने, वृद्धि भएको कर नर्तिन नगरबासीलाई आग्रह गर्ने, पर्सी २४ गते विहान १० बजे कर शाखामा सांकेतिक विरोध गर्ने, त्यस्तै २५ गते बिहान १० बजे नगरपालिकाको गेटमा उपस्थित भई कोणसभा गर्ने जनाएको छ।

संर्घषका कार्यक्रम सार्वजनिक पत्रमा कांग्रेस नगर सभापति रुपनराज घिमिरे, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष मेघराज ढकाल, नयाँशक्ति पार्टीका जनार्दन दुवाडी, राष्ट्रिय प्रजातान्त्रिक पार्टीका पिताम्वर आचार्य, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)का गोविन्द अधिकारी, नेकपा मालेका नगर सचिव रामहरी लम्साल र देशभक्त जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठाले हस्ताक्षर गरेका छन्।

२०७५ साउन २२ गते १६:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर