तनाव छ ? सामान फुटाउनुस् अनि ठिक हुन्छ !

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते ११:०४

एजेन्सी। सामान्यतया मानिसलाई तनाव भए काउन्सेलिङको सहारा लिइन्छ । कोही कोहीले गीत संगीत तथा कसैले ध्यान सवैले आआफ्नै तरिका अपनाउछन्।

तर, अष्ट्रेलियाका केहि सहरमा भने तनाव समाधान गर्न भाडा फुटाउन लगाइने गरेको छ । सड्नी, मेलबर्न लगायतका शहरमा यो गज्जबको उपाय अपनाइने गरिएको हो।

भाडाँकुडा तोड्न, फुटाउनु र आफूलाई हलुका राख्नु सुझाव दिइने गरिएको छ । फुटाउनका लागि फर्निचर, भाँडाकुडाका साथै बोतल, पुराना टिभी, प्रिन्टर लगायतका सामानहरु रुममा राखिएको हुन्छ।

सुरक्षित कपडा लगाएर बेस बल ब्याट लिएर उक्त कोठामा छिरेपछि तोकिएको समयभित्र ग्राहकले आफूलाई तोड्न र फुटाउन मन लागेका वस्तुहरु फुटाउन पाउछन् । यसले तनावलाई कम गर्न मद्दत पुग्ने दाबी गरिएको छ।

२०७५ साउन २४ गते ११:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर