विश्वकै धनी भिखारी, जसले भिख मागेर नै मासिक ७५ हजार कमाउँछन्

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते १२:३९

एजेन्सी । सुन्दा अचम्म लाग्छ , संसार कै धनी भिखारी भन्दा तर यो सत्य कुरा हो । हामीहरु प्राय दुनियाको धनी व्यक्ति को ? भनेर मात्र कुरा गर्ने गर्छौं । तर आज हामी तपाइँलाई यस्तो भिखारीको बारेमा भन्दै छौं, जो भिख मागेरै निकै धनी भएका छन् ।

देसी सिनेमाका अनुसार भारतको मुम्बईमा रहने भरत जेन कयौं वर्षदेखि भिख मागिरहेका छन् । तपाइँलाई सुन्दा अचम्म लाग्न सक्छ, लगभग आठ घण्टासम्म भिख माग्दा पनि उनको पकेटमा दुई देखि ढाई हजार रुपैयाँ सम्म हुने गर्छ । भारतमा भीख माग्ने व्यवसाय गर्नेहरु पूरा २ सय करोडको संख्यामा रहेको उल्लेख गरिएको छ । तपाइँहरुलाई थाहा छ , भिख मागेर जम्मा गरेको रकमले ८० लाखको दुई घर भरत जेनको आसपासमा छ । भिख मागेरै प्रत्येक महिना ७५ हजारसम्म जेनले आरामसँग कमाउने गरेका छन्।

एक फ्लाटमा उनको श्रीमती र दुई सन्तान बस्छन्। उनको सन्तान एक १० र अर्को १२ कक्षामा अध्ययन गर्छन् । अर्को फ्लाटमा भने जेनले भाडामा दिएका छन् । भाडामा दिएबापत उनले हरके महिना १० हजार रकम लिने गर्छन् ।

२०७५ साउन २४ गते १२:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर