संविधान संशोधन होइन, संरक्षण आवश्यक छ : मन्त्री आङ्बो

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते ०:४२

भद्रपुर । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले वर्तमान संविधानको संशोधन होइन संरक्षण आवश्यक भएको बताएका छन् ।

२४ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा बिहीबार भद्रपुर–२ स्थित पृथ्वीनगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले आदिवासी जनजातिले गोजीमा रहेको अधिकार बिर्सेर भूईँमा खोज्ने काम गर्न नहुने बताए ।

उनले अहिलेसम्म प्राप्त भएको अधिकारको संरक्षण नगरी संविधान संशोधनका मुद्दा मात्र उठाउन खोजिए संघीयता, धर्मनिरपेक्षतालगायतका अधिकार गुम्नसक्ने संकेत गरे । मन्त्री आङ्बोले सरकारले सस्तो लोकप्रियता नचाहेको स्पष्ट गर्दै आर्थिक क्रान्तिको अर्जुन दृष्टिमा लागेको उल्लेख गरे। रासस

२०७५ साउन २५ गते ०:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर