क्यानसर, मुटुरोग, कब्जियत देखि यौन जिवनका लागि रामवाण : प्याज !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३० गते १४:४०

एजेन्सी । सबैको घर–घरमा नियमित रूपमा प्याज प्रयोग गरिन्छ । प्याल बिना तरकारीको स्वाद नै खल्लो लाग्छ । साथै यसको प्रयोगले मानिसमा शारीरिक रूपले निकै फाइदा पनि हुने गर्छ । यसले रोगसँग लड्ने क्षमता बढाउँछ र अनुहारलाई सफा पनि राख्ने गर्छ ।

प्याज खाँदा हुन्छन् यस्ता फाइदा ः-

-प्याजमा पाइने एन्टी–ब्याक्टेरियल गुणले शरीरमा हुने कोलेस्ट्रोलको स्तर कम राख्छ । प्याजमा हुने तत्त्वले पाचनप्रणालीमा पनि सुधार गर्छ ।

-यसमा हुने मिथाइल सल्फाइड र एमिनो एसिडले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ । मुटुमा हुने रोग लाग्न दिँदैन ।

-प्याजमा सल्फर तत्त्व अधिक हुन्छ । यो पेटमा हुने कोलोन, स्तन वा फोक्सोको क्यानसरबाट बचाउन उपयोगी हुन्छ ।

-नियमित प्याज सेवन गर्दा शरीरमा इन्सुलिनको मात्र सन्तुलित हुन्छ । र, मधुमेहबाट बचाउँछ । मधुमेह हुने व्यक्तिले नियमित रूपमा सलादको रूपमा प्याज सेवन गर्नु स्वास्थ्यका हिसाबले लाभदायक हुन्छ ।

-प्याज सेवन गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ ।

-प्याजले यौनशक्ति पनि वृद्धि गर्छ । पुरुषले प्याजको सेवन गर्दा उनीहरूको यौनशक्ति बढ्छ ।

२०७५ भदौ ३० गते १४:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर