पहिलो नेपाल आइडल बुद्ध लामा अस्पताल भर्ना

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १०:२४

काठमाडौँ। गायक बुद्ध लामा अस्पताल भर्ना भएका छन्। तीन दिनदेखि लगातार ज्वरो आएपछि उनी काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

उनलाई मंगलबार विहानतिर भर्ना गरिएको जनाइएको छ। उनको अहिले उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।

उनी प्रथम नेपाल आइडल हुन्। उनले निशान भट्टराई र प्रताप दास पछि पार्दै नेपाल आइडलको उपाधि जितेका थिए।

२०७५ असोज २ गते १०:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर