गजल-‘भगवान जस्तै नर जन्माई दिन्छु’-गणेश संघर्ष

आजको खबर   |    प्रकाशित : २०७५ असोज १५ गते १५:४६

भगवान जस्तै नर जन्माई दिन्छु
ठोकुवा गर्दिन म सकभर जन्माई दिन्छु

नभन्नु कसैले, नभन्नु महामूर्ख रहेछ
बीरबल जन्माई दिन्छु अकबर जन्माई दिन्छु

अब केही चिन्ता लिनु पर्दैन सरकार
छोरी पारिजात छोरा हिटलर जन्माई दिन्छु

पथ्थरहरूको छातीमा सुन फलाई दिने
नौ जवानहरूको यहाँ लहर जन्माई दिन्छु

गणेश संघर्ष
शिखर नपा ११ डोटी

२०७५ असोज १५ गते १५:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर