भोली वडादशैँको पहिलो दिन : यस्तो छ घटस्थापनाको उत्तम साइत

आजको खबर   |    प्रकाशित : २०७५ असोज २३ गते १४:३२

काठमाडौं । भोली वडादशैँको पहिलो दिन घटस्थापनाको शुभ साईत बिहान ७ बजेर १५ मिनेटमा रहेको छ। यस अघि नै नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको वडादशैंको टिकाको उत्तम साईतसँगै घटस्थापना र फुलपाती भित्राउने साईत पनि निकालेको हो।

समितिका अनुसार आगामी कार्तिक २ गते ९ बजेर ५१ मिनेटमा वडादशैँको उत्तम साईत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएकोे छ। बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टिका लगाउन सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन्।

फुलपाती भित्र्याउने उत्तम साईत बिहान ९ बजेर २१ मिनेटमा रहेको समितिले जनाएको छ। कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ।

सरकारी कार्यालय, सुरक्षा निकाय, कुटनीतिक नियोगहरुमा फुलपातीको दिन बिहान १० बजेर २४ मिनेटमा पश्चिम फर्केर राष्ट्रिय झण्डा फेर्न सकिने गौतमले बताएका छन्।

२०७५ असोज २३ गते १४:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर