गजल-‘खुन पसिना पोखेर जूनी काट्नुपर्ने’-प्रकाश खप्तडी खड्का
आजको खबर | प्रकाशित : २०७५ असोज २५ गते ४:२७
जीउमा भारी बोकेर जूनी काट्नुपर्ने
खुन पसिना पोखेर जूनी काट्नुपर्ने
कैले दिन फिर्लान सर्वहारा गरीबका
आफ्नै मोल तोकेर जूनी काट्नुपर्ने
लेक वेशी अनि उकाली ओरालीमा
हरपल दुख भोगेर जूनी काट्नुपर्ने
शरीरकै रगत मासु घट्दै जाँदापनि
वस्तु र जीउ जोखेर जूनी काट्नुपर्ने
संघर्ष हो जीवन संघर्ष नै हुन्छ भनी
मनमा किला ठोकेर जूनी काट्नुपर्ने।
प्रकाश खप्तडी खड्का
पाटादेवल, छान्ना, बझाङ्ग
२०७५ असोज २५ गते ४:२७ मा प्रकाशित