दोब्बरले बढ्यो सोनीको आम्दानी

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते १२:२०

टोकियो। विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ।

गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर ९३९९ अर्ब येन० पुगेको कम्पनीले जनाएको छ। यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो।

सञ्चालन नाफा पनि २० प्रतिशतले वृद्धि भई ४३४ अर्ब येन पुगेको छ भने बिक्रीमा सुधार आई करिब ४० खर्ब येन भएको छ। यो गत वर्षको तुलनामा ५.५ प्रतिशत बढी हो।

२०७५ कार्तिक १६ गते १२:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर