प्रियंका चोपडाको नेपाली चलचित्र ‘पहुना’ मंसिर २१ मा रिलिज हुँदै

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २० गते ११:१३

काठमाण्डौ । बलिउड अभिनेत्री प्रियंका चोपडाले पहिलो पटक निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर्स’ ७ डिसेम्बर, २०१८ (मंसिर २१) मा रिलिज हुने भएको छ । एक पोस्टर सार्वजनिक गर्दै निर्मात्री चोपडाले प्रदर्शन मिति घोषणा गरेकी हुन् ।

प्रियंकाचोपडाको ब्यानर ‘पर्पल पेबल पिक्चर्स’द्वारा निर्मित यो फिल्मको निर्देशन पाखी ए टायरवालाले गरेकी हुन् । फिल्मको कहानी तीन नेपाली बच्चाको हो , जो आफ्नो अभिभावकबाट विछडिएका छन् । फिल्ममा नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका बच्चाको कथा हो ।

प्रियंकाले ट्विटरमार्फत फिल्मको रिलिज डेट घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्, ‘अन्ततः प्रतिक्षा सकियो । ‘पाहुना : द लिटिल भिजिटर्स’ सात डिसेम्बर २०१८ मा देशको सबै थिएटरमा रिलिज हुँदैछ र म यो खुसीको खबर दिन प्रतिक्षा गर्न सक्दिनँ ।’ फिल्म सिक्किम भाषामा बनेको छ ।

 

२०७५ कार्तिक २० गते ११:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर