गजल – ‘कसैलार्इ देख्यो कि रिस उठ्छ अमन लाग्छ’ – दीपक आचार्य ‘जलन’

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १ गते ०:५१

कसैलार्इ देख्यो कि रिस उठ्छ अमन लाग्छ
कोहि प्रिय लाग्छ माया झन् भन्दा झन् लाग्छ

जिब्रो कालो चाहिदैन संयोग मात्रै जुर्नुपर्छ
तिम्ले बोलेपनी ठाँउ को ठाँउ वचन लाग्छ

बिन्ती मलाइ बस्न देउ कुनै पनि बहानामा
तिम्रो दिल मलाइ त सधै सिंहासन लाग्छ

रहर र इच्छाहरु जति छ्न बेलैमा पूरा गर
बिबाह पछि त बुहारी हुन्छयौ बन्धन लाग्छ

उस्को ब्याबहार नजिकै बाट हेर्नू अनि बोल्नु
टाढा बाट त हरकोही यहाँ सज्जन लाग्छ

सबै सोच्दा हुन मुस्कुराउने यो मान्छेको
नाम पछाडि हरदम किन जलन लाग्छ

दीपक आचार्य ‘जलन’

बर्दिया, हाल : साउदी अरब

२०७५ मंसिर १ गते ०:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर