देशकै पहिलो मदिरा निषेधित क्षेत्र बन्यो छायाँनाथ रारा नगरपालिका

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २ गते ४:१३

मुगु । छायाँनाथ रारा नगरपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ।

शनिवार मुगुको गमगढीमा भएको मदिरा निषेधित नगर घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासको लागि आर्थिक श्रोतको अभाव नहुने बताएका छन्।

विकासका लागि आएको श्रोतमा आँखा लगाउने प्रवृत्ति रहेको बताउदै मुख्यमन्त्री शाहीले भ्रष्ट्राचारको मानसिकता अन्त्य नगरी सक्षम प्रदेश बनाउन नसकिने बताए।

आफ्नो चीन भ्रमणका क्रममा भएको सहमति अनुसार चाईना रेलवे कम्पनीले हिल्सा–जमुनाहा द्रुर्तमार्ग निर्माणका लागि संभाव्यता अध्ययनको काम शुरु गरिसकेको जानकारी दिदै मुख्यमन्त्री शाहीले ६ महिना भित्र संभाव्यता अध्ययन प्रतिवेदन प्रदेश सरकारको हातमा आउने र द्रुर्तमार्ग निर्माण अगाडि बढने बताए।

मुख्यमन्त्री शाहीले नाग्मा–गमगढी सडकलाई तत्काल दुई लेन सडकका रुपमा कालोपत्रे गर्नको विश्व वैंकसंग छलफल भएको बताए। राराको पर्यटन विकासको लागि पनि यो सडकको स्तरोन्नती जरुरी रहेको वताउदै मुख्यमन्त्री शाहीले त्यसका लागि विश्व वैंकवाट समेत प्रतिवद्धता प्राप्त भएको जानकारी दिए।

२०७५ मंसिर २ गते ४:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर