कविता–‘विदेशिने बाध्यता’–बिष्णु सिंह (बैजु)
आजको खबर | प्रकाशित : २०७५ मंसिर २ गते ४:४३
कहाँ कहाँ भट्किरहेका छ्न्,
नेपाली युवा युवती।
न तीनलाई ज्यानको परवाह
न कुनै त्राश।
यद्यपी दिनहु देखिरहेका छ्न्,
बिमानस्थलमा आउने,
बाक्साका बाक्सा लाश
तैपनी गर्छन् उनीहरु,
बिदेश जाने प्रयास।
घरमा बृध्ध मुमा–बुबा,
साना भाई–बहिनी छोरा–छोरी
स्वदेशमा गरी खाने केही छैन,
अनि युवाले परिवार पाल्ने कसरीरु
सरकार राष्ट्रलाई छैन सरोकार,
युवालाई दिन रोजगार।
देखेपछि जीवन निर्वाहको आधार,
अनि युवाले त्याग्नै पर्ने परिवार।
विदेशमा गइ श्रम गर्नैपर्ने
अनि प्रियसीको नयनबाट आँसु झर्ने।
दलाललार्इ खुवाउन, बाटो खर्च जुटाउन,
पूख्र्यौली घरखेत बन्धकी राख्नै पर्ने।
तर निस्चय छैन,
सावाँ ब्याज तिर्न सक्ने,
अनि धितो गुमछ्की भनि,
डरै डरमा जिउनु पर्ने।
मुमा–बुबाको गोडा ढोकी
मन भरी पीडा बोकी
रहर हैन युवाको विदेशिने,
लक्ष्मीले तिनको प्राथना सुने।
२०७५ मंसिर २ गते ४:४३ मा प्रकाशित