चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान काठमाडौंमा !

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १४ गते १०:१४

काठमाण्डौ । चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान काठमाडौं आएका छन् । खबरका अनुसार उनि ‘द स्टोरी अफ गड’ नामक टेलिभिजन श्रृङ्खलाको छायांकनका लागि नेपाल आएका हुन् । युनिभर्सिटी अफ नर्थ टेक्ससले आफ्नो आधिकारिक ट्वीटरमार्फत फ्रिम्यान नेपालमा रहेको जानकारी दिएको छ ।

उनी नेपाल रहँदा विभिन्न ठाउँको भ्रमण गर्नुका साथै फरक-फरक धर्महरुको बारेमा समेत जानकारी लिनेछन् । उनको श्रृङ्खलाको प्रमुख उद्देश्य विश्वभरका मानिसमा रहेको विश्वासले उनीहरुको जीवनलाई आएको परिवर्तन बुझ्नु रहेको बताइएको छ । उनि नेपालमा कति दिन बस्ने छन् यो भने खुला इएको छैन ।

८१ वर्षीय फ्रिम्यानले चर्चित हलिउड फिल्ममा समेत अभिनय गरेका छन् । अस्कर विजेता उनले ‘गोइङ इन स्टाइल’, ‘स्ट्रीट स्मार्ट’, ‘ग्लोरी’, ‘द रिडम्पशन’, ‘ब्रूस अलमाइटी’ लगायतका फिल्ममा अभिनय गरेका छन् । फिल्म ‘इन्भिक्टस’ मा उनले दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भूमिका निर्वाह गरेका थिए ।

मोर्गनले छायांकन गर्ने टेलिभिजन श्रृङ्खला नेशनल जियोग्राफि च्यानल मार्फत प्रशारण गरिने छ ।

२०७५ मंसिर १४ गते १०:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर