हरियो खुर्सानी खानु स्वास्थ्यका लागि लाभदायिक ! यस्ता छन् चमत्कारी ८ फाइदा….

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २० गते १६:१६

काठमाण्डौ । खुर्सानी सामान्यतया खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ । यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । खुर्सानी खाएमा ग्यास्ट्रिक लगायतका रोग बढ्ने भन्दै खुर्सानीको प्रयोग नगर्न सल्लाह दिने गरेको भेटिन्छ । तर खुर्सानीका यी ७ फाइदा बारे जान्नुस्:

१. हरियो खुर्सानीमा भिटामिन सी पाइन्छ । जसले शरिमा रगत शुद्धिकरणमा सहयोग गर्नुका साथै अन्य कयौँ रोगहरुबाट पनि बचाउँछ ।

२. हरियो खुर्सानीमा एन्टिअक्सीडेन्ट र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।

३. यसमा पाइने भिटामिन एको मात्राले आँखा तथा छालालाई फाइदा पुर्याउँछ ।

४. हरियो खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनमा सहयोग गर्दछ । मधुमेह भएका व्यक्तिको लागि यो सहयोग सिद्ध हुनसक्छ।

५. हरियो खुर्सानीले व्यक्तिको मुड ताजा राख्नुका साथै, मस्तिष्कमा एन्ड्रोफिनको सञ्चार गर्नमा सहयोग गर्दछ । जसले व्यक्ति धेरैबेरसम्म खुसी रहन सक्छ ।

६. विभिन्न अध्ययनमा हरियो खुर्सानीले क्यान्सर कम गर्न भूमिका खेलेको पनि पत्ता लागेको छ।

७. हरियो खुर्सानीमा एन्टी व्याक्टेरियल तत्व हुन्छन् । जसले शरिरमा व्याक्टेरिया विरुद्ध लड्न सहयोग गर्छ साथै शरिरको शक्ति सञ्चयमा सहयोग पुर्याउँछ ।

८. अझ डल्ले अर्थात अकबरे खुर्सानी त ग्यास्ट्रिक, अल्सर रोगीका लागि अत्तिनै लाभदायिक हुने अध्यनले जनाएको छ ।

२०७५ मंसिर २० गते १६:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर