के तपाइलाई रातमा ग्याष्ट्रिकको समस्या हुन्छ ? समाधानका लागि अपनाउनुस् यी १० उपाय

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २२ गते १६:०९

एजेन्सी । स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धानले देखाएअनुसार ग्याष्ट्रिकका रोगीहरुलाई हप्तामा कम्तीमा दुई पटक रातीको समयमा निकै पीडा हुन्छ र यो समस्याले अर्को दिनसम्म पिरोल्छ । अहिलेको जीवनशैली, रातिसम्म काम गर्नु, ढिलो सुत्नु, चिल्लो र मदिराजन्य पदार्थ धुम्रपान लगायतले एसिडिटीको समस्या बढाउँछन् । यसलाई बेवास्ता गरिएमा अल्सर र क्यान्सरजस्ता समस्या आउन सक्छन् । एसिडिटिबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ ।

१. दायाँ कोल्टो फर्केर नसुत्सुस् । यसले पेटमा डाइजेस्टिभ एसिड धेरै उत्पादन गर्छ ।

२. लेट नाइट पार्टी, अल्कोहल र ड्रिकबाट टाडै रहनुस् ।

३. सुत्नुभन्दा पहिलो कोल्ड ड्रिंक, चकलेट, कफी नलिनुहोस् ।

४. साँझको खानामा टमाटर, भिनेगर, अमिला फलफूल नखानुहोस् ।

५. हेभी र मसालेदार दाना साँझमा नखानुहोस् ।

६. साँझको खाना सुत्नुभन्दा ३–४ भण्टा पहिल्यै खानुहोस् ।

७. केरा खानुहोस् । यसमा प्राकृतिक एन्टिएसिड हुन्छ ।

८. साँझको खाना हल्का खानुहोस् । यसले पाचन प्रक्रिया सहज हुन्छ ।

९. खानापछि सोंफ वा ल्याङ सुकुमेल खानुहोस् ।

१०. चिसो दुध पिउुहोस् । यसले एसिडिटी घटाउँछ ।

२०७५ मंसिर २२ गते १६:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर