उपकुलपतिलाई सरस्वतीको मूर्ति हस्तान्तरण

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २६ गते १८:२७

तुलसीपुर । समाजसेवी प्रा डा जगदीश वैद्यले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालालाई सरस्वतीको मूर्ति दाङको बेलझुण्डीमा हस्तान्तरण गरेका छन् ।

विश्वविद्यालयमा स्थापनार्थ उपहारस्वरुप रु पाँच लाख ५५ हजार बराबरको तीन फिटको सिङ्गमर्मर पत्थरको मूर्ति डा वैद्यले हस्तान्तरण गरेका हुन् । उक्त मूर्ति भारतको मध्यप्रदेश उज्जयन महाकालेश्वर दत्य शहरमा निर्माण भएको हो । करीब १८९ किलोको पञ्च धातुको घण्ट, आधुनिक घडी र मन्दिरको चारैतर्फ लगाइने कलात्मक घण्टसमेत डा वैद्यले प्रदान गर्ने वचन दिएका छन् ।

डा वैद्यले नेपालभरि शिक्षा, स्वास्थ्य, खानेपानी, धार्मिकस्थल, पाटीपौवा, वेदविद्याश्रममा समेत उल्लेखनीय सहयोग गर्दै आई रहेका छन् । मूर्ति हस्तान्तरण कार्यक्रममा विश्वविद्यालयलाई सरस्वतीको मूर्ति प्रदान गर्ने उनलाई कुल सचिव कार्तिकेय झाले धन्यवाद दिए ।

२०७५ मंसिर २६ गते १८:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर