कवि खेमराज घिमिरे पुरस्कृत

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २९ गते ४:३९

विराटनगर । आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १८४औँ जन्मजयन्तीको अवसरमा कवि खेमराज घिमिरे पुरस्कृत भएका छन ।

षडानन्दका बारेमा काव्य लेखेर नेपाली समाजलाई षडानन्दको कीर्ति फैलाउन सहयोग गरेबापत उनलाई शुक्रबार पुरस्कृत गरिएको हो । पुरस्कारको राशि रु ११ हजार १११ छ ।

शिक्षासेवी बृद्धिप्रसाद गौतमलाई दिङलामा षडानन्दले स्थापना गरेका विद्यालयमा लामो समय अध्यापन गराएबापत सम्मान गरिनाका साथै सोमराज अभयले लेखेका दुई कृति ‘मनका पानाहरु’ र ‘जीवन दर्पण’ एवं साहित्यकार गायत्रीकुमार चापागाईंले लेखेका ‘अरुणमा बहदाबहदै’ लोकार्पण गरिएको थियो ।

२०७५ मंसिर २९ गते ४:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर