अब कांग्रेसले जनतालाई उत्साही बनाउनुपर्छ : सिता सापकोटा

आजको खबर   |    प्रकाशित : २०७५ पुष ३ गते २:०२

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति सदस्य एवम् नेपाली कांग्रेस जनसम्पर्क समिति बेल्जियमकी सभापति सिता सापकोटाले पार्टीलाई अब तल्लो स्तरबाटै शुद्धिकरण, सुदृढिकरण र एकतावद्ध बनाउनुपर्नेमा जोड दिइन्।

सोमबार रिपोर्टर्स क्लबले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भनिन्,‘अहिले कम्युनिष्ट सरकारका कारण आम जनता निराश छन् । अब कांग्रेसले जनतालाई उत्साही बनाउनुपर्छ ।

त्यसको लागि हामीभित्रै आन्तरिक एकता हुनुपर्छ । यो महासमिति बैठकले हामीलाई त्यस दिशातर्फ अघि बढाउँछ ।’पार्टीभित्र अझैपनि बेथितिहरु रहेको उल्लेख गर्दै सापकोटाले यो महासमिति बैठकले ती तमाम बेथितिहरुको अन्त्य गर्नुपर्ने धारणा राखिन् । नेपाल धार्मिक सहिष्णुता भएको मुलुक भएकोले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको उनको भनाइ छ ।

वर्तमान सरकार दुई तिहाई बहुमतको भएपनि यो ९ महिनामा सरकारले विकास, सुशासन र समृद्धि हाँसिल गर्न नसकेको उनले आरोप लगाईन् । उनले भनिन्,‘बरु, यो सरकार आएपछि मुलुकमा बलात्कार, हत्या, हिंसाका घट्ना बढेका छन् । भ्रष्टाचार मौलाएको छ ।’ कांग्रेस अहिले तीनै तहमा तहसनहस भएकोले सरकारको स्वेच्छचारी बढेको पनि उनको गुनासो छ ।

२०७५ पुष ३ गते २:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर