पैसा जतन गर्न गाह्रो हुन्छ ? यस्तो छ उपाय , तपाइको जीवनयापनमा सहन हुने छ ,

आजको खबर   |    प्रकाशित : २०७५ पुष ४ गते १६:२१

धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित तरिकाले प्रयोग गर्नुभयो भने जीवन सुखमय हुन्छ । तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन् ।

१) तपाईंको कमाई कम तर खर्च ज्यादा हुन्छ भने तपाईंलाई महिनाको अन्त्यमा साथीबाट ऋण लिने बाध्यता हुन्छ । त्यसैले आफ्नो खर्चको मनिटरिङ गर्न सुरु गर्नुहोस् । तपाईं आवश्यकता अनुसार मात्रै खर्च गर्नुहोस् ।

२) जुन चिज तपाईं चहानुहुन्छ, त्यसको लिस्ट बनाउनुहोस् । यस प्रकारले तपाईंको खर्च म्यानेज गर्न सहयोग पुग्छ ।
३) कुनै पनि नयाँ कामको शूरुवात गर्नको लागि धनको जरुरत पर्छ तर तपाईं अक्सर राम्रो महुर्तको आसमा काम शूरु गर्नुहोस् । यसो गर्नुभएन भने तपाईंको काम अड्काउन सक्छ, वा पैसा पनि धेरै खर्च हुनसक्छ । त्यसैले आफूसँग पैसा हुनेबित्तिकै तपाईं लगानी गर्नुहोस् ।

४) एक अर्कालाई देखाउनको लागि वा आकर्षक देखिने प्रयोजनमा हुने खर्चलाई नियन्त्रण गर्न पाउनुभएन भने वा सुविधा सम्पन्न जीवन जिउनको लागि तपाईंले कर्जा लिने आदतबाट बच्नुहोस् । घर वा बच्चाको पढाईको लागि कर्जा लिनुभयो भने उचित हुन्छ ।

५) कयौं व्यक्तिहरु बिना जानकारी शेयरबजारमा पैसा लगानी गर्छन् । यसले उसलाई नोक्सानको समेत बेहोर्नुपर्छ । तपार्ईं पनि बिना जानकारी यसरी पैसा खर्च नगर्नुहोस् । यो कदापी लगानी हुन सक्दैन । यो बाट बाच्नुहोस् ।

६) यो पक्कै गर्नुहोस् हरेक महिना कमाउनुभएको धनका केही रकमको हिस्सा बचत गर्नुहास् । कोशिस गरेपछि तपाईंलाई बचत गर्ने बानी बस्नेछ ।
७) तपाईं व्यापारमा हुनुहुन्छ भने रिक्स लिन नडराउनुहोस् । कुनै समय रिक्स नलिनुपनि रिक्स साबित हुन सक्छ । त्यसैले परिस्थितिको राम्रो विश्लेषण गर्नुहोस् र तपाईंलाई लगानी गर्न ढुक्क बनाउनेछ ।

८) क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छभने, आफ्नो बिलको ड्यु मिति भन्दा पछि तिर्नुहुन्छ भने यो आदतबाट बच्नुहोस् । समयमा ड्यू तिर्नु र फजुुल खर्च गर्नबाट बच्नुहोस् ।

९) चुरोट, राक्सी या अन्य नसालु पदार्थ सेवनको लत छ भने जरुर पैसा खर्च हुन्छ । यसले तपाईंको स्वास्थ्यमा पनि असर पर्छ । त्यसैले नशालु पदार्थमा पैसा खर्च गर्नको सट्टा बचत गर्नुहोस् । जुन तपाईंको भविष्यको आवश्यकतामा काम आउनेछ ।

२०७५ पुष ४ गते १६:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर