विद्यालयलाई कम्प्युटर र सोलार सहयोग

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते १६:४०

बेझाड । पाल्पाको निस्दी गाउँपालिकाले वडा नं ६ अर्चलेस्थित सिन्दुर आधारभुत विद्यालयलाई सोलार र कम्प्युटर उपलब्ध गराएको छ ।

गाउँपालिकाले रु तीन लाख ५० हजारको लागतमा विद्यालयमा सोलार र कम्प्युटर जडान गरेको हो । उक्त कार्यका लागि विद्यालयले रु ३५ हजार लगानी गरेको प्रधानाध्यापक हुमबहादुर सुनारीले जानकारी दिए। विद्यालयमा नौ सय वाट क्षमताको सोलार जडान गरिएको छ । यसका साथै दुई कम्प्युटर र दुई फोटोकपी मेसिनसमेत विद्यालयमा जडान गरिएको सुनारीले बताए।

विद्यालयमा सोलार र कम्प्युटर जडान गरिएपछि विद्यार्थीलाई प्राविधिक शिक्षा दिन सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर विकले बताए । विद्यालयमा हाल १८१ विद्यार्थी अध्ययनरत छन् ।

२०७५ पुष ६ गते १६:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर