चीनमा मृत्युदण्डको सजाय घट्दै

आजको खबर   |    प्रकाशित : २०७५ पुष ७ गते ३:४७

बेइजिङ । चीनमा मृत्युदण्डको सजाय हुने क्रम ‘घट्दो अवस्थामा’ रहेको छ तर यो प्रावधान हट्न अझै टाढाको बिषय देखिन्छ किनकि मृत्युदण्डको प्राबधानप्रति चिनियाँहरूको अझै धेरै समर्थन रहेको छ, चीनको सर्वोच्च अदालतका एक न्यायाधीशले बताए ।

मानव अधिकारवादी समूहहरूका अनुसार बेइजिङले अन्य प्रजातान्त्रिक मुलुकको तुलनामा हरेक बर्ष मृत्युदण्ड दिने क्रम बढी रहको भएपनि कति सङ्ख्यामा मृत्युदण्ड दिइन्छ भन्ने राज्यले गोप्य राख्ने गरेको छ । यद्यपि चीनको कानूनी प्रणालीले मृत्युदण्डसम्बन्धी विधिलाई पछिल्ला बर्षहरूमा कडा पारेको छ । “मृत्युदण्डलाई हटाउने अवस्था भने अझै आइसकेको छैन,” ‘सुप्रिम पिपुल्स कोर्ट’ का न्यायाधीश लि सिआओले बताए ।

“हाम्रो इतिहास, हाम्रो संस्कृति साथसाथै हाम्रो वर्तमान सुरक्षा आवश्यकताले हामीलाई मृत्युदण्डको प्रावधानलाई राख्न बाध्य बनाएको छ तर हामी यसलाई नियन्त्रण गर्ने बिषयमा सचेत छौँ,” विदेशी सञ्चारमाध्यमसँगको विरल सामुहिक अन्तर्वार्तामा बिहीबार बताए । सन् २००७ मा उक्त अदालतले मृत्युदण्ड स्वीकार गर्ने वा अस्वीकार गर्ने शक्ति पुनः आर्जन गरेको थियो । उक्त अधिकार सन् २००७ पहिले प्रान्तीय अदालतमा निहित रहेको थियो ।

यसको तीन बर्षपछि चीनले नयाँ प्रावधान ल्यायो जसले मृत्युदण्डका लागि सबूत देखाउनुपर्ने बनायो र सन् २०१५ मा मृत्युदण्डलाई ५५ बाट ४६ मा झारियो । “त्यसपछि मृत्युदण्डको सङ्ख्या क्रमश घट्दा अवस्थामा रहेको छ,” ली ले भने ।

कसैको हत्या गरेका कारण आफ्नो जीवनकै उत्सर्ग गर्नुपर्छ भन्ने ‘हजारौँ बर्ष’ देखि चिनियाँ नागरिकहरूको दिमागमा गडेको विचारप्रति अझै पनि व्यापक समर्थन रहेको छ, उनले मृत्युदण्डलाई कायम राख्नुपर्ने धारणा पुष्टि गर्दै भने ।

“किन हामीले मृत्युदण्डको प्राबधानलाई आज पनि हटाउन सकेका छैनौँ यो धेरै कारणमध्ये एउटा कारण हो, र किन वास्तविक सङ्ख्या बाहिर ल्याउन सक्दैनौँ,” ली ले भने । “यदि हामीले मृत्युदण्डको सङ्ख्या सार्वजनिक गर्ने हो भने चिनियाँ जनताले प्रशस्त मृत्युदण्ड दिइनरहेकोमा असन्तुष्टि प्रकट गर्नेछन् ।”

मानव हत्या, वलात्कार, लागु औषध कारोबार र पृथकतावाद सबैलाई चीनमा गम्भीर अपराधका रूपमा लिने गरिन्छ । चीनमा मृत्युदण्ड गोली हानी दिने गरिन्थ्यो तर अधिकारीहरूले पछिल्लो समय प्राणघातक रसायनको सूईमार्फत् हुने गर्छ । मृत्यसुदण्डका यो स्वरूपलाई तुलनात्मक रूपमा धेरै मानवीय वा अपराधीको शरीरमा कम ध्वंसात्मक प्रभाव पर्ने मानिने गरिन्छ ।

२०७५ पुष ७ गते ३:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर