महिनावारी भएको बेला प्याड लगाएर हिडँडुल गर्नुहुन्छ ? ध्यान दिनै पर्ने कुरा

आजको खबर   |    प्रकाशित : २०७५ पुष १८ गते १७:०३

मासिक श्रावको अवस्थामा बाहिर हिँडडुल गर्न गाह्रै हुन्छ । यस्तो अवस्थामा सकेसम्म घरबाहिर निस्कन नपरोस् भन्ने लाग्छ । किनभने, लामो समय घरबहिर बस्दा वा हिँडडुल गर्दा प्याड परिवर्तन गर्न संभव हुँदैन ।

तयसैले दिनचर्या असजिलो बनाइदिन्छ । काममा ध्यान केन्द्रित गराउन सकिादैन । लामो समयसम्म प्याड प्रयोग गर्नु असजिलो मात्र होइन, अस्वस्थ्यकर पनि मानिन्छ । त्यसैले यी अवस्थामा प्याड प्रयोग गर्दा केही सावधानी अपनाउनुपर्छ ।

नेपकिनको गुणस्तर
अलिकति पैसा बचाउनका लागि कुनै पनि लोकल प्याडकिन्ने गल्ति नगरौं । किनकी यो स्वास्थ्यको मामला हो । गुणस्तरहिन नेपकिनले दाग लाग्ने डर मात्र हुने होइन कि संक्रमण पनि हुन सक्छ । त्यसैले राम्रो गुणस्तरको ब्रान्डेड प्याडनै प्रयोग गर्नु उचित हुन्छ । भलै यसका लागि अतिरिक्त पैसा खर्च गर्नु किन नपरोस ।

२-३ घन्टामा प्याडफेर्ने
प्याड जोगाउने चक्करमा कतिले दिनभरि नै एउटै प्याड प्रयोग गरिरहेका हुन्छन् । यस्तो गल्ति कदापी नगर्नुस । यसबाट इन्फेक्सन हुन सक्छ । अधिक रक्तस्राव हुने महिनावारीको पहिलो र दोस्रो दिन २ देखि ३ घन्टाको बीचमा प्याड फेर्नु जरुरी छ ।

ठूलो साइजको नेपकिनको प्रयोग
बजारमा अचेल नेपकिनका कति ब्रान्ड र विकल्पहरु उपलब्ध छन् । तर, सँधै एक्स्ट्रा लार्ज प्याडनै किन्ने गर्नुस । बढि लामो नेपकिनले बढि सोस्नुका साथै दाग लाग्ने डर पनि हुँदैन ।

छालालाई ध्यानमा राखेर छान्नुस ब्रान्ड
हरेकलाई हरेक ब्रान्डको प्याडसुट हुनुपर्छ भन्ने छैन । त्यसैले पहिलोपटक कुनै पनि ब्रान्डको ठूलो प्याकेट किन्नुभन्दा सानो प्याकेट किनेर प्रयोग गर्नुस र त्यसले आफूलाई सुट गर्छ कि गर्दैन हेर्नुस । यदि ठिक भयो भने भइहाल्यो । यदि यसबाट तपाईंलाई चिलाउने समस्या भयो भने दोहोर्‍याएर यो ब्रान्ड प्रयोग नै नगरौं ।

सफासुग्घर हुनु जरुरी
महिनावारीका दौरान सफाईमा अत्यधिक ध्यान दिनुपर्छ । कुनै प्रकारको लापरवाहीले इन्फेक्सनको खतरा बढ्न सक्छ । त्यसैले आफ्नो गोप्य अंगलाई राम्रोसँग सफा गर्नुस ताकि कुनै प्रकारको स्किनको समस्या नहोस ।

२०७५ पुष १८ गते १७:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर